कर्णालीका मुख्यमन्त्री र प्राधिकरणका निर्देशक कुलमानबीच भेटवार्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा कर्णालीमा विद्युत प्रशारणलाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा निर्देशक घिसिङले एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन पुर्याउने, कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबाटसमेत ३३–३३ केभी प्रसारणलाइन ल्याउने प्रक्रिया शुरू गरिएको बताए ।

यस्तै, निर्देशक घिसिङले साविक कर्णाली अञ्चलका पाँच जिल्लामा २÷२ मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी गरिएको जानकारी दिए ।

भेटका क्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा विद्युत उत्पादनको सम्भावना धेरै भएपनि हाल ८ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको घिसिङले जानकारी गराएका थिए ।

मुख्यमन्त्रीको कुराको जभाव दिँदै निर्देशक घिसिङले अहिलेको ३३ केभी प्रशारणलाइनका कारण कर्णालीबासीले विद्युतको ठूलो समस्या भोगिरहेको प्रति प्राधिकरण निरन्तर लागि परेको र १३२ केभी प्रशाणलाइनको काम चाँडो सम्पन्न निर्देशन समेत दिने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *