मूल्यवृद्धि नियन्त्रणमा प्रतिबद्ध छाैँ : मन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । गोदावरी नगरपालिकाको छैटाैँ स्थापना दिवस एवं नवनिर्मित प्रशासनिक भवन उद्घाटनका क्रममा आज यहाँ आयोजित कार्यक्रममा उनले महँगीले दैनिक भान्छा चलाउन कठिनाई भएको प्रसङग उल्लेख गर्दै यसको नियन्त्रण आवश्यक रहेको बताइन् ।

सो नगरपालिकाले गएको पाँच वर्ष राम्रोसँग काम गरेको उनकाे भनाइ थियो । सांसद नवराज सिलवालले सो क्षेत्र विकास निर्माणका हिसाबले काठमाडौँ उपत्यकाको कर्णालीका रूपमा रहेको बताउँदै सरकारले उक्त ठाउँका लागि केही लगानी बढाउनुपर्ने बताए ।

नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भौगोलिक रूपमा सो नगरपालिका उपत्यकाको ठूलो रहेको जानकारी गराए । सो क्षेत्र भित्रिने सातदोबाटो–चापागाउँका साथै सातदोबाटो–हरिसिद्धिको सडकसमेत २२ मिटर विस्तारका लागि सम्बन्धित व्यक्तिलाई यथाशीघ्र मुआब्जा उपलब्ध गराइदिन सरकार प्रमुखसँग आग्रह गरे ।

उपप्रमुख मुना अधिकारीले अब आफूहरूले एकै भवनबाट सबै सेवा दिन सफल भएकोमा खुसी व्यक्त गरिन् । उक्त कार्यक्रममा १४ वडाध्यक्षलगायत कार्यपालिका सदस्य र कर्मचारीलाई सम्मान गरिएको थियो ।

सात तले अत्याधुनिक साथै मौलिक तथा कलात्मक ढङ्गले निर्माण सम्पन्न भएको सो भवन बज्रवाराही माविले उपलब्ध गराएको जमिनमा बनेको छ । भवन निर्माणका लागि हालसम्म लगभग २५ करोड रकम खर्च भइसकेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बताए । –रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 6 =