यू-१८ साफ महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली टाेलीकाे बिदाई

काठमाडाैँ । भारतमा हुने यू-१८ साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टिमको बिदाई गरिएको छ ।

एन्फाले शुक्रबार एन्फा कम्पलेक्स सातदोवाटोमा आयोजित कार्यक्रमबीच नेपाल टिमको बिदाई गरेको हो । च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ । २३ खेलाडी र अफिसियल गरेर कुल ३० जनाको टिम शनिबार भारत प्रस्थान गर्नेछ ।

प्रतियोगितामा नेपालसँग भारत र बंगलादेशबिच प्रतिस्पर्धा हुनेछ । जसमा नेपालले पहिलो खेल भारतसँग खेल्नेछ । सहभागी तीन टिमले एक अर्कासँग दुई-दुई खेल खेल्ने छन् । जसमा शीर्ष स्थानमा रहने टिमले उपाधि जित्नेछ । तेस्रो संस्करणमा रूपमा रहेको प्रतियोगितामा नेपालले अहिलेसम्म हात पार्न नसकेको सफलता निकाल्ने लक्ष्य राखेको छ ।

सन् २०१८ मा भएको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको थियो । अघिल्लो वर्ष नेपाली टिम तेस्रो बनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *