अन्तिम अभ्यास खेलमा नेपाल पराजित

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा रहेको नेपाल श्रीलंका कम्बाइन–११ टिमसँग पराजित भएको छ ।
श्रीलंकाका उपुल थारंगा, थिसरा परेरा, चामरा सिल्भा जस्ताअनुभवी खेलाडी सम्मिलित यो टिमसँग नेपाल ९२ रनले पराजित भएको हो ।

२ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाली टिम एक सय ४० रनमा अलआउट हुँदै ९२ रनको हार ब्यहोर्न बाध्य भयो । नेपालका ज्ञानेन्द्र मल्लले ४६, कुशल भुर्तेलले ३२ र रोहित पौडेलले २१ रन बनाएपनि टि।मको जितका लागि पर्याप्त भएन ।

पहिले ब्याटिङ गरेको श्रीलंकन टिम ४९ औँ ओभरमा २ सय ३२ रनमा आलआउट भएको थियो । श्रीलंकाका अनुक फर्नान्डोले ५६ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरी र सागर ढकालले ३–३, सोमपाल कामीले २ तथा सन्दिप लामिछाने र आरिफ शेखले एक–एक विकेट लिए।

नेपाल यसअघि श्रीलंकन नेभीसँगका २ र त्यहाँको प्रहरी क्लवसँगको एक खेलमा भने विजयी भएको थियो ।

नेपालले श्रीलंकाबाटै लिग टू खेलका लागि यूएई जानेछ । जहाँ नेपालले युएई र पपुवा न्युगिनीसँग त्रिकोणात्मक सिरिज खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *