एमसीसीको ग्लोबल टेन्डरमा भाग लिन नेपालका निर्माण व्यवसायीलाई प्रधान मन्त्री देउवाको आग्रह
२०७८ फागुन २७ गते

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना अन्तर्गत बन्ने विद्युत प्रसारण लाइन निर्माणमा प्रतिस्पर्धा गर्न नेपाली निर्माण व्यावसायीलाई आग्रह गरेका छन् ।
नेपाल निर्माण व्यावसायी महासंघको साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै प्रधान मन्त्री देउवाले एमसीसीको ग्लोबल टेन्डरमा भाग लिन नेपाली निर्माण व्यवसायीलाई आग्रह गरेका हुन् ।
‘एमसीसीमा ग्लोबल टेन्डर हुन्छ । ‘तपाईंहरू पनि हिम्मत गर्नुहोस्, एमसीसीको बिडिङमा सफल हुनुहोस् । सबभन्दा बढी म खुसी हुनेछु’ देउवाले भने । प्रधान मन्त्री देउवाले एमसीसीका विषयमा भ्रममा नपर्न आग्रह गरे ।
२०७८ फागुन २७ गते
प्रतिक्रिया








