अदालतले दियो भन्सार एजेन्टको परीक्षा स्थगित गर्न आदेश

काठमाडौँ । उच्च अदालत पाटनले भन्सार एजेन्टको परीक्षा स्थगित गर्न आदेश दिएको छ ।

अदालतले शनिबारका लागि तय भएको भन्सार एजेन्टको परीक्षा रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

बिहीबार न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले चैत ६ गतेसम्मका लागि परीक्षा स्थगित गर्न आदेश दिएको हो ।

कृष्टिना थैवले दायर गरेकाे रिटमा भन्सार विभागकाे सूचना संविधानको धारा ४२ अनुसार समानुपातिक/समावेशी नभएको उल्लेख छ ।

रिट निवेदकले माग गरे बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा दुवै पक्षसँग छलफल गर्न उपयुक्त हुने भन्दै अदालतले आगामी चैत ६ गते अदालतमा उपस्थित हुन विपक्षीको नाममा आदेश दिएको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + ten =