स्थानीय निर्वाचनमा ७९ दलले भाग लिन पाउने

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दललाई मान्यता दिएको छ । आयोगको बिहीबार बसेको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिने मान्यता दिएको हो ।

आयोगले फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ताका आह्वान गरेको थियो । ऋषि कट्टेल नेतृत्वको दल दर्ताका लागि आवश्यक प्रक्रिया नपुगेकाले दर्ता अस्वीकार गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । अब वैशाख ३० गते हुने निर्वाचनमा ७९ दलले भाग लिन पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twelve =