ग्लोबल टाइम्सलाई राष्ट्रपति भण्डारीको अन्तर्वार्ता : बीआरआई अघि बढाउन साझा प्रयत्न गर्नुपर्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बीआरआई परियोजनालाई अघि बढाउन नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताएकी छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई अन्तर्वाता दिँदै राष्ट्रपति भण्डारीले नेपाल र चीनले करिब ५ बर्ष अघि समझदारीपत्रमा हस्ताक्षर गरेको बीआरआई परियोजनाले विभिन्न कारणले गति लिन नसकेको भन्दै यसलाई अघि बढाउन दुबै देशले साझा प्रयास गर्नुपर्ने बताएकी हुन् ।

‘तपाईंलाई थाहा छ, नेपाल बेल्ट एण्ड रोड इनिसिएटिभको सदस्य पनि हो । हामी ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कको दृष्टिको कदर गर्छौं । हामी तिनीहरूलाई नेपालको पूर्वाधार विकासको अवसरको रूपमा हेर्छौं र यो प्रक्रियालाई अगाडि बढाउन चाहन्छौँ’, राष्ट्रपति भण्डारीले भनेकी छन् ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिन फिङले गरेको नेपालको राजकीय भ्रमणको स्मरण गर्दै अन्तर्वार्तामा राष्ट्रपति भण्डारीले दुई देशले आपसी सम्बन्धलाई विकासको लागि रणनीतिक साझेदारीको स्तरमा बढाएको र त्यसबेला प्रतिनिधिमण्डल स्तरको वार्ता गरी  द्विपक्षीय सहयोगको विषयमा छलफल गरेकाले भ्रमण धेरै नै सफल भएको र त्यसबेला नेपाल र चीनबीच भएका सम्झौताहरू पालना गर्न दुबै देशका सरकारहरूले कडा मेहनत गरिरहेको बताएकी छन् ।

अन्तर्बार्तामा राष्ट्रपति भण्डारीले कोभिडकालमा चीनले नेपाललाई गरेको सहयोगको सरहाना गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =