नेपाली राष्ट्रिय क्रिकेट टिमको शानदार जित, ४ खेलाडीले बनाए अर्धशतक

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको तयारीका क्रममा श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ । नेपालले श्रीलंकाको पुलिस क्लबमाथि १४४ रनको जित हात पारेको हो ।

३३१ रनको लक्ष्य पछ्याएको श्रीलंकाली पुलिस टिमलाई ३७ औँ ओभरमा १८७ रनमा अलआउट गर्दै नेपालले १४४ रनको ठूलो जित हात पारेको हो ।

नेपालका करण केसीले ३ विकेट लिए भने सागर ढकाल र सन्दीप लामिछानेले २–२ र कमलसिंह ऐरीले १ विकेट लिए ।

पहिले ब्याटिङ्ग गरेको नेपालका चारजना खेलाडीले अर्धशतक बनाएपछि ७ विकेट गुमाएर ३३१ रनको ठुलो योगफल तयार पारेको थियो ।

नेपालका रोहितकुमार पौडेलले ७२, कुशल भुर्तेलले ५७, करण केसीले ५३ र आसिफ सेखले ५२ रन बनाए । यसबाहेक कमलसिंह ऐरीले ४५ र आरिफ सेखले ३५ रनको योगदान गरे ।

नेपालले यसअघि श्रीलंकन नेभीविरुद्धका दुई अभ्यास खेलमा पनि जित हात पारेको थियो ।

नेपाल लिग–टू खेल्न उतैबाट मार्च १४ मा यूएई पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *