महिला विश्वकपमा न्युजिल्यान्डसँग भारतको दसाैँ हार

काठमाडौँ । आईसीसी एकदिवसीय महिला विश्वकपमा घरेलु टोली न्युजिल्यान्डले भारतलाई ६२ रनले हराएको छ । ह्यामिल्टनमा भएको प्रतियोगिताको आठौं खेलमा घरेलु टोलीले टस हारेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६० रन बनाएको थियो । जवाफमा भारत ४६.४ ओभरमा १ सय ९८ रनमै अलआउट भयो ।

महिला विश्वकपमा न्युजिल्यान्डसँग भारतको यो १० औँ हार हो । दुई टीमबिच विश्वकपमा १३ खेल भएकोमा भारतले २ खेलमा मात्र जित हात पार्न सकेको छ । १९९७ मा भएको एक खेल बराबरीमा सकिएको थियो ।

भारतका लागि हरमनप्रित कौरले सर्वाधिक ७१ रनको योगदान दिएपनि टीमको हार टार्न सकिनन् । कप्तान मिथाली राजले ३१ र यस्तिका भाटीयाले २८ रन बनाइन् । न्युजिल्यान्डका लिए तहुहु र अमेलिया केरले ३-३ र हाइलेय जेनसेनले २ विकेट लिए ।

न्युजिल्यान्डले एमी स्याटर्थवेटको ७५ तथा एमेलिया केरको ५० रनको अर्धशतकीय इनिङमा २ सय ६० रनको उच्च स्कोर बनाएको थियो । कटेय मार्टीनले ४१ रन बनाउँदा कप्तान सोफिइ डेभिनेले ३५ रनको योगदान दिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *