महिला विश्वकप: वेस्टइन्डिजको दोस्रो रोमाञ्चक जित

काठमाडौँ । एकदिवसीय महिला विश्वकपमा वेस्टइन्डिजले लगातार दोस्रो जित हात पारेको छ । प्रभावसाली प्रदर्शन कायमै राख्ने क्रममा वेस्टइन्डिजले बुधबार इंग्ल्यान्डमाथि ७ रनको रोमाञ्चक जित निकाल्यो । यसअघि वेस्टइन्डिजले आफ्नो पहिलो खेलमा न्युजिल्यान्डलाई ३ रनले हराएको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले ५० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाएको थियो । २ सय २२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४७.४ ओभरमा २ सय १८ रनमा समेटियो।

उसका लागि टेमी बेमोउटको ४६ रन सर्वाधिक रह्यो। सोफिया डन्क्लीले ३८ रनको योगदान दिंदा डेनी वायाटले ३३ रन बनाएकी थिइन्। त्यस्तै सोफि एस्लेस्टोन ३३ रनमा अविजित रहँदा केट क्रस २७ रनमा रनआउट हुन पुगेकी थिइन्। वेस्टइन्डिजकी सामिला कोनेलले ३ विकेट लिइन्।

पहिले ब्याटिङ गरेको वेस्टइन्डिजका लागि सेमाइनी काम्पबेलेले र चेडेन नाटिअनले पाँचौ विकेटका लागि १ सय २३ रनको सानदार साझेदारी गर्दै टोलीलाई राम्रो स्कोरमा पुर्याएका थिए। काम्पबेलेले ६६ र नाटिअनले नटआउट ४९ रन बनाइन् ।

त्यसअघि ओपनर डेन्द्रा डोटीन र ह्याइलेइ म्याथ्युजले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । डोटीन ३१ रनमा आउट हुँदा म्याथ्युजले ४५ रन जोडिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *