ओलीलाई कांग्रेसकाे जवाफ- विभाजित कम्युनिष्ट ‘हरियाे रङ’ सँग डराउँछ (भिडिओसहित)

काठमाडाैँ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । यसअघि ओलीले निर्वाचन आयाेगले जानकारी दिएकाे मतपत्रकाे हरियाे रङबारे कांग्रेसकाे चुनाव चिह्न हरियाे रुखतर्फ संकेत गर्दै टिप्पणी गरेका थिए । त्यसकाे कटाक्ष गर्दै बुधबार केन्द्रीय कार्यालय सानेपामा आयाेजित पत्रकार सम्मेलनमा महामन्त्री शर्माले भनेका छन्— ‘हरियाे रङबारे गरिएकाे टिप्पणीमा केही भन्नु छैन । साउनमा आँखा फुटेकाे गाेरले भनेझैँ विभाजित कम्युनिष्ट हरियाे रङसँग तर्सिएकाे मात्रै हाे ।’

यस्तै प्रवक्ता प्रकाशशरण महतले हरियाे रङसँग डराउने हाे भने बाँकी रहेकाे ४० प्रतिशत जंगल मास्नुपर्ने बताए । “हरियो रङमा नै आपत्ति हुने हो भने त नेपालको सारा वनजंगल नै फाँड्नुपर्ने हुन्छ,” प्रवक्ता महतले भने, ‘ओलीको अभिव्यक्तिले कांग्रेस बहुमतमा आउँदैछ  भन्ने संकेत गरेको छ ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =