मुगुमा जारी भलिबल प्रतियोगिताको फाइनल खेलमा विवाद, केही स्थानीय घाइते (भिडिओ)

सुर्खेत । मुगुमा जारी जिल्ला स्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल चलिरहँदा दुई समूहको विवाद पछि झडप भएको छ । उक्त झड्पबाट केही स्थानीयहरू घाइते समेत भएका छन् ।

जिल्ला खेलकुद विकास समिति मुगुको आयोजनामा बुधबार बिहान जारी जिल्ला स्तरीय पुरुष खुल्ला भलिबलको फाईनल खेलमा दुई समूहबीच झड्प भएको हो ।

बुधबार भएको फाइनल खेलमा जिल्ला प्रहरी कार्यालय मुगु र महाकाली माध्यामिक विद्यालयको टीमबीच प्रतिस्पर्दा भईरहेको समयमा बिहान साढे ९ बजे झडप भएको हो ।

आयोजकका अनुसार खेल प्रधिस्पर्धात्मक भइरहेका दुवै समूहका समर्थनले हुटिङ गरेर रमाइलो लिइरहेका थिए भने खेलमा दुई सेट प्रहरीले र एक सेट विद्यालयले जितेसँगै खेल थप रोचक बनेको थियो ।

त्यस्तै, फाइनलका लागि भएको भलिबल खेलल चौथो सेटको अन्तिममा हुँदै गर्दा आ–आफना समथर्कले चर्को आवाज निकालेर हाईहाई गरिरहँदा प्रहरीको समूहले स्थानीयले माटो उडाएको निहुँमा स्थानीयमाथि हातपात गरेपछि विवाद उत्पन्न भएको जनाइएको छ ।

उक्त सामान्य विवादले चर्को रूप लिएपछि प्रहरी र स्थानियबीच झड्प हुँदा केही स्थानीय सामान्य घाइते भएका उनीहरूको जिल्ला अस्पताल मुगुमा उपचार भइरहको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । प्रजिअ महतका अनुसार हाल खेल विवादको समस्या समाधान भइसकेको छ भने खेल स्थगित भएको छ ।

साथै भलिबल फागुन २३ गतेबाट शुरू भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *