गुटबन्दीमा अल्झिँदा गर्नुपर्ने काम गर्न सकिएन : प्रचण्ड

काठमाडाैँ । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नाे दल गुटबन्दीमा अल्झिएकाे बताएका छन् । नेपाल उद्योग व्यवसायी महासंघको केन्द्रीय बैठकलाई सम्बाेधन गर्दै प्रचण्डले यस्ताे बताएका हुन् । गुटबन्दीमा अल्झिँदा गर्नुर्ने काम गर्न नसकेकाे उल्लेख गर्दै प्रचण्डले भने— ‘हामी पनि उस्तै भइयाे । गुटबन्दीमा अल्झ्याैँ । गर्नुपर्ने काम गर्न सकिएन । देश विकासकाे क्षेत्रमा, सामाजिक न्यायकाे क्षेत्रमा र समग्रतामा हाम्राे पार्टीले र हामीले जत्ति गर्नुपर्थ्याे, त्याे गर्न सकिएन ।’

यस्तै उनले अब नेपालकाे विकास परम्परागत रूपमा नभइ नयाँ माेडेलबाट गर्नुपर्ने बताए । परम्परागत रूपमा आफूहरूले धेर प्रयास गरेकाे तर, सफल नभएकाे उल्लेख गर्दै प्रचण्डले भने, ‘नयाँ माेडेलबाट अब देश विकासमा लाग्नुपर्छ । परम्परागत रूपमा हामीले धेरै प्रयास गर्‍याैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =