फ्रान्सेली सांसदको प्रतिनिधिमण्डल र प्रधान मन्त्रीबीच भेटवार्ता

काठमाडाैँ । नेपालको औपचारिक भ्रमणका लागि काठमाडाैँमा रहेकाे फ्रान्सेली सांसदको प्रतिनिधिमण्डल बुधबार प्रधान मन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ। बालुवाटारमा भएको भेटवार्तामा दुई पक्षबीच नेपाल-फ्रान्स द्विपक्षीय सम्बन्ध प्रवर्द्धनका विषयमा छलफल भएको प्रधान मन्त्रीको सचिवालयले जनाएको छ ।

फ्रान्स-नेपाल संसदीय मैत्री समूहका सभापति भेरोनिक रायोट्टनको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल मंगलबार काठमाडाैँ आएकाे हाे । काठमाडाैँस्थित फ्रान्सेली दूतावासकाअनुसार पूर्वप्रधान मन्त्री तथा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाल-फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा फ्रान्सको संसदीय टोली नेपाल आएको हो ।

प्रतिनिधिमण्डलमा फ्रान्स-नेपाल संसदीय मैत्री समूहका उपाध्यक्षद्वय निकोलस फरिसियर र ग्रेजिलिया मेल्सियर सहभागी छन् । फ्रान्सेली सांसदहरूले प्रधान मन्त्री देउवासँगै राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख अग्नी सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधान मन्त्री एवम् प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपालको निजी क्षेत्र र थीङ्क ट्याङ्कसँग पनि फ्रान्सेली सांसदले अन्तर्क्रिया गर्ने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 1 =