विराटनगरमा औद्योगिक व्यापार मेला हुने

विराटनगर । मोरङ व्यापार संघले अन्तर्राष्ट्रिय कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’ आयोजना गर्ने भएको छ । यही चैत १८ गतेदेखि २६ गतेसम्म अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको आयोजना गर्न लागेको हो ।

विराटनगरमा आर्थिक गतिविधि चलायमान नभएको अवस्थामा व्यापार मेला आयोजना गर्न लागिएको व्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए । संघले पत्रकार सम्मेलन गरी व्यापार मेला गर्ने बारेमा जानकारी दिँदै पूर्वी नेपालमा सबैभन्दा ठूलो प्रदर्शनी र मेला सञ्चालन हुन लागेको रिजालले जानकारी दिए ।

रिजालले मेलालाई उत्पादन सेवाहरू प्रदर्शन गर्न, स्वदेशी उत्पादनहरू प्रदर्शन गर्न, विक्री गर्न र व्यापार तथा लगानीको सम्भावनाबारे छलफल गर्ने उत्कृष्ट थलोको रूपमा विकास गरिने बताए । मेलामा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सम्पदाका नमुनाहरू (लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल आदि) मुख्य आकर्षणहरूको प्रदर्शनी गरिनुका साथै नेपालको मेला इतिहासमै पहिलो पटक जिप लाइन, रिभर्स बन्जी, जिप साइकक्लिङ लगायतका साहसिक खेलकुदको अनुभव प्रदान गरिने मेला आयोजक समितिका संयोजक विकासकुमार बेगवानीले बताए ।

मेलामा एसीसहितको ८० वटा स्टल, कुलरसहितका ६० स्टल, साधारण १०६ वटा, अटोस्टल २५ वटा तथा खाद्यान्न स्टल १० वटा हुनेछ । आयोजकले एसी स्टल राख्नेलाई ६० हजार, कुलर स्टललाई ४० हजार, साधारण स्टललाई ३० हजार, अटो स्टललाई ७० हजार र खाद्यान्न स्टललाई ६० हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । मेलामा ४ लाखभन्दा बढीले अवलोकन गर्ने र ४५ करोडको कारोबार हुने आयाेजककाे अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *