पत्रकार सम्मेलन गर्दै सभापति देउवा

काठमाडाैँ । आसन्न स्थानीय निर्वाचनको तयारीबारे जानकारी दिने उद्देश्यले नेपाली कांग्रेसले पत्रकार सम्मेलनकाे आयाेजना गर्ने भएकाे छ । बुधबार अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयाेजना हुने पत्रकार सम्मेलनलाई प्रधान मन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले सम्बाेधन गर्ने छन् ।

पार्टीले फागुन २९ देखि चैत २९ सम्म एक महिने ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानको तयारी गरेको छ । घरदैलो अभियान तथा आगामी राणनीतिबारे जानकारी दिन देउवाले पत्रकार सम्मेनल गर्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

कांग्रेसले घरदैलो अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =