युक्रेन तथा रसियाका छिमेकी देशमा आठ हजार बढी नेपाली श्रमिक

काठमाडौँ । युक्रेन तथा रसियाका छिमेकी श्रम गन्तव्यमा आठ हजारभन्दा बढी श्रमिक कार्यरत रहेको पाइएको छ। युक्रेन र रसिया युद्ध बढ्दै गए सो क्षेत्र वरपर रहेका आधा दर्जन देशमा कार्यरत आठ हजारभन्दा बढी नेपाली श्रमिक प्रभावित हुने भएका छन्।

रोमानिया, पोल्याण्ड तथा हंगेरीमा रहेका आठ हजार १५ नेपाली प्रभावित हुने देखिएको हो । दुई देशबीच तनाब बढ्दै गए अन्य देशमा समेत युद्धको असर देखिने भएकाले त्यहाँ रहेका श्रमिकलाई सुरक्षित रहन वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ।

विभागका महानिर्देशक शेषनारायण पौडेलले युक्रेन र रसियाबाट नेपाली श्रमिकको माग तत्काल नआएकाले श्रम स्वीकृति रोक्नुपर्ने अवस्था भने नरहेको बताए। उनले यहीबीच ती देशबाट माग आए श्रम स्वीकृति रोकिने जानकारी दिए।

विगत ३ वर्षयता वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर गएका आठ हजारमध्ये रोमानियामा पाँच हजार ३ सय ५, पोल्याण्डमा २ हजार २ सय १३, रसियामा ३ सय ६०, हंगेरीमा ५३ र युक्रेनमा ८५ श्रमिक कार्यरत रहेको देखिन्छ । कारोबार दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 1 =