सिरियाली लडाकु भर्ना गर्दै रुस : अमेरिका

एजेन्सी । एक वरिष्ठ अमेरिकी सैन्य अधिकारीले रुसले युक्रेनमा लड्न सिरियाली लडाकुहरूलाई भर्ती गर्ने प्रयास गरिरहेको दबी गरेका छन् । ‘रूसी राष्ट्रपतिले युक्रेनभित्रको युद्धको लागि अत्यन्त महत्त्वपूर्ण प्रतिबद्धताको पूर्ति गर्न विदेशी लडाकुहरूमा भर पर्नु पर्ने कुरामा ध्यान दिइरहेका छौँ,’ ती अधिकारीले पत्रकारहरूलाई भने ।

सन् २०१५ मा रुसले सिरियाली राष्ट्रपति बसर अल असदको समर्थनमा सैन्य कारबाही सुरु गरेको थियो । यसले सिरियामा जारी गृहयुद्धको ज्वार बशर अल-असदको सरकारको पक्षमा झुकेको थियो ।

सोमबार वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रुसी सेनाले विगत केही दिनदेखि सिरियाबाट लडाकुहरू भर्ती गरिरहेको बताएको थियो। पत्रिकाका अनुसार, “रसियाले शहरी क्षेत्रमा लडाइँमा यी लडाकुहरूको अनुभवले किभ कब्जा गर्न मद्दत गर्ने आशा गरेको छ ।

यद्यपि, वरिष्ठ अमेरिकी सैन्य अधिकारीहरूले रूसले हालसम्म कति सिरियाली लडाकुहरू भर्ती गरेको छ वा कुनै कोटा तोकेकोबारे भने जानकारी नभएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eighteen =