महिलालाई ओलीकाे सुझाव- शास्त्रमा देवीहरू रिसाएका देखिन्छन्, तपाईंहरूचाहिँ याे नसिक्नु (भिडिओसहित)

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले इतिहासमा महिलाहरू कहिल्यै कमजाेर नभएकाे बताएका छन् । एमालेनिकट अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै ओलीले यस्ताे बताएका हुन् । ‘इतिहासमा महिलाहरू कहिल्यै कमजाेर थिएनन्,’ ओलीले भनेका छन्, ‘हामी इतिहासमा देख्न सक्छाैँ । जब देवासूर सङ्ग्राम भयाे, देवहरू हारे र उनीहरूले देवीहरूकाे प्रार्थना गर्छन्; हामीहरू संकटमा पर्याैँ तपाईंहरू मैदानमा निस्किनुपर्याे । यसपछि देवीहरू मैदानमा निस्किएपछि असुरहरू पराजित हुन्छन् । यस्ताे भेटिन्छ इतिहास, यसले पनि बताउँछ कि महिलाहरू कमजाेर थिएनन् ।’
ओलीले शास्त्रहरूमा देवीहरू बढी रिसाएकाे भेटिने दृष्टान्त सुनाउँदै त्याे नसिक्न महिलाहरूलाई आग्रहसमेत गरे । ‘कहिलेकाहीँ हामी शास्त्रहरूमा देवीहरू बढी रिसाएकाे देखिन्छन्,’ ओलीले ठट्याैली भाषामा भनेका छन्, ‘तपाईंहरूचाहिँ त्याे कुरा नसिक्दिन आग्रह गर्छु म । आजकाे जमानामा त्यस्ताे रिसाउन पर्दैन । समाज कुरा बुझेर पनि चल्ने भएकाे छ ।’
देवीहरू कमजाेर नरहेकै कारण अहिलेसम्म मानिसहरूले पूजा गरेर मान्ने ओलीकाे भनाइ थियाे ।








