सुर्खेतका पाँच पालिकामा कोभिड प्रभावित परियोजना

सुर्खेत । सुर्खेतका पाँच वटा पालिकामा कोभिड प्रभावित कृषि क्षेत्रको उत्थानका लागि परियोजना लागू भएको छ । कोभिड–१९ बाट प्रभावित कृषि क्षेत्रको उत्थानका लागि शिसा परियोजना लागू भएको हो ।

कृषि खाध्य प्रणालीहरूमा कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित कृषि क्षेत्रको उत्थान र द्रूत प्रतिक्रियालाई सहयोग गर्ने उद्देश्यले उक्त परियोजना लागू गरिएको हो ।

शिसा परियोजना सुर्खेतका कार्यक्रम अधिकृत ललित बहादुर सारुका अनुसार यो परियोजना सुर्खेतको पाँच वटा स्थानीय तहमा लागू हुनेछ । वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकवेशी नगरपालिका र बराहताल गाउँपालिकामा लागू गरिने सारुले जानकारी दिए ।

परियोजना २०२३ जुनसम्म संचालन हुने छ । अहिले पाँच वटा पालिकाबाट काम शुरू गरेपनि पछि सबै पालिकामा कार्यक्रम विस्तार गरिने जनाईएको छ ।

परियोजनामा अन्तरगत कृषि क्षेत्रको घाटा कमगर्न विशेष वित्तीय उत्पादन र सेवाहरू शुरू गर्न, कोभिडबाट प्रभावित व्यवसाय र उपभोक्ताहरूको सहयोगका लागि डिजिटल बैंकिङ प्रविधिको विस्तार र कृषि औजारहरूको विस्तार परियोजनाले जनाएको छ ।

पालिका भित्र रहेका विभिन्न एग्रोभेट, मेसेनरी सर्भिस प्रोपाइटरसँग, वित्तीय संस्थाहरू समन्वय र सहकार्य गरेर काम गरिने परियोजनाका कृषि इन्जिनियर सुवास अधिकारीले जानकारी दिए ।

कृषि सम्बन्धी सामाग्रीहरू किसानसम्म पुर्याउने, उत्पादनको बजारीकरण, डिजिटल बैंकिङ, कृषि औजारको क्षेत्रमा परियोजनाले काम गर्ने इन्जिनियर सुवासको भनाई रहेको छ ।

परियोजनाका हब लिड सालिन आचार्यले साना उद्यमीहरूलाई सहुलियत कर्जामा जोड दिइने छ भने कृषि मेसेनरी सेवाहरूमा बढेको पहुँचबाट सिमान्तकृत समुदाय तथा महिलाहरू लाभान्वित हुने बताइएको छ ।

परियोजनाले चार वटा क्षेत्रमा रहेर काम गर्नेछ । पहिलो क्षेत्र कृषि सम्बन्धी सेवा तथा सल्लाह प्रदान गर्ने साना तथा मध्यमवर्गका व्यवसायहरूको वित्तीय पहुँच बढाई उत्थान तथा पुनःस्थापना सुनिश्चित गर्ने जनाएको छ ।

साना तथा मझौला उद्यमीहरूलाई सहयोग हुने वित्तीय उत्पादनहरू बनाउने, सिमान्तकृत समुदायका सदस्य तथा महिलाहरूलाई पहुँच बढाउने परियोजनाको उद्देश्य छ ।

यस्तै, दोसो क्षेत्रमा वित्तीय उत्पादनहरूका लागि विशेष व्यापार मोडेलहरू तयार गरी सजिलै नष्ट हुने कृषि उत्पादनहरू उत्पादन, विरण र बिक्रिमा संलग्न व्यवसायहरूलाई सहयोग गर्ने र वित्तीय सहायता प्रदान गर्न वित्तीय संस्थाहरूसँग सम्झौता गर्ने, यसबाट नौ सय १ र ६४४ महिला र जोखिममा परेका समुदायका सदस्यहरूले लाभ लिने अपेक्षा गरिएको छ ।

महिला , सिमान्तकृत कृषकहरूलाई लक्षित गरेर वित्त प्रशिक्षण गर्ने र यि कार्यबाट दुई हजार ५५० बढी किसानहरूले मुल्य श्रंखलाका पात्रको रुपमा लाभान्वित हुने छन् । कोभिडबाट प्रभावित व्यवसाय तथा उपभोक्ताहरूका लागि डिजिटल बैंकिङ सेवाहरू शुरू गर्ने उल्लेख छ । परियोजनाले बिशेष गरी मेघा र मुक्तिनाथ बिकास बैंकसँग समन्वय गरेर काम गर्नेछ ।

कम्तिमा ११ हजार किसानहरूले जग्गा तयारी, रोपण, सिंचाइ, फसल काट्ने र कटानी पछिका गतिवधिहरूमा सुरक्षित कृषि मेसिनरी सेवाहरूमा पहुँच बढी लाभ लिने छन् । कोभिड सुरक्षित यान्त्रिकीकरण सेवाहरू विस्तार गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *