जसपाका ९ केन्द्रीय सदस्यसहित ४०० जना एमाले प्रवेश

काठमाडाैँ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी [जसपा] का केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित ४ सय जना नेता/कार्यकर्ता नेकपा [एमाले] प्रवेश गरेका छन् । उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमबीच पोखरामा मंगलबार स्वागत गरेका छन् ।
एमाले प्रवेश गरेकाहरूमा जसपाका ९ जना केन्द्रीय सदस्य छन् । यस्तै प्रदेश पदाधिकारी तथा सदस्य १३ जना, जिल्ला सदस्य १२ जना, भ्रातृ संगठनका अध्यक्ष ३ जना र अरु पार्टी सदस्यसहित ४ सयजना एमालेमा प्रवेश गरेकाे एमाले नेता विष्णु रिजालले बताएका छन् । सुवेदी र नेपालीसहित संविधान सभा सदस्य थिए ।
कशिम अलि सिद्धिकी, जसपा केन्द्रीय सदस्यसमेत रहेका समाजवादी दलित मुक्ति महासंघका अध्यक्ष रामबहादुर नेपाली, केन्द्रीय सदस्य विष्णुजंग बस्नेत, मनकुमारी बुढा, राजन कार्की, पार्वती जिसी, तारा नेपाली, गोपेन्द्रकेशरी न्यौपाने, चन्दा विश्वकर्मा र पर्वत जिल्ला अध्यक्ष नवीन पुन एमाले प्रवेश गरेका छन् ।








