वेसाहाराकाे छाना, नाना र खानाको जिम्मा सरकारले लिन्छ : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेश सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मानव सेवा आश्रम र प्रशान्ति वृद्धाश्रममा पोशाक तथा फलफूल वितरण गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा भएका कार्यक्रममा मानव सेवा आश्रम र बृद्धाश्रममा रहेका महिलाहरूलाई पोशाक र फलफूल वितरण गरिएको हो ।

कार्यक्रममा मुख्यमन्त्री शाहीले नागरिकको सुरक्षा राज्यको दायित्व भएको भन्दै बृद्धबृद्धा र सहारा विहिनहरूको संरक्षणमा सरकार लागेको बताए । ‘साहरा विहिनहरूका लागि छाना, नाना र खानाको जिम्मा सरकारले लिन्छ, मुख्यमन्त्री शाहीले भने, ‘राज्यले आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्छ ।’

यस्तै, सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रशान्ति बृद्धाश्रमलाई प्रदेशस्तरको संरचनामा रूपान्तरण गर्ने गरेर भौतिक संरचना निर्माणमा सहयोग गरिरहेको बताए ।

कार्यक्रममा प्रमुख सचिव राजकुमार श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *