युद्धमा रुसी उच्च सैन्य अधिकारीको मृत्यु : युक्रेन
२०७८ फागुन २४ गते

काठमाडौँ । युक्रेनको रक्षा मन्त्रालयका अनुसार खार्किभमा जारी युद्धका क्रममा एक जना रुसी उच्च सैन्य अधिकारी मारिएका छन् । युक्रेनको रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिका अनुसार भीताली जेरासाइमोभ युद्धका क्रममा मारिएका हुन् ।
कैयौँ अन्य वरिष्ठ रुसी सैन्य अधिकारीहरू पनि घाइते भएको र मारिएको बताइएको छ । युक्रेनी गुप्तचर निकायका अनुसार जेरासाइमोभ दोस्रो चेचेन युद्ध अनि सिरियामा भएको रुसी सैन्य कारबाहीमा सहभागी भएका थिए ।
क्राइमिया पुनः नियन्त्रणमा लिए पश्चात् उनले पदक प्राप्त गरेका थिए । तर रुसी अधिकारीहरूले पनि उक्त विषयबारे प्रतिक्रिया जनाएका छैनन् ।
२०७८ फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित








