नेपालले असंलग्न परराष्ट्र नीति अन्तर्गत नै युक्रेनलाई समर्थन गर्‍याे : परराष्ट्रमन्त्री

काठमाडाैँ । परराष्ट्रमन्त्री नारायण खड्काले नेपालको संविधानले निर्धारण गरेको असंलग्न परराष्ट्र नीति अन्तर्गत नै युक्रेकका बिषयमा नेपालले धारणा तय गरेको दावी गरेका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रीत्र खड्काले रुसले आक्रमण गरेको युक्रेनको नेपालले पक्ष लिनु कुनै गुटमा नलागी मानवीयताको पक्षमा मात्र भएको र यो असंलग्न परराष्ट्र नीति अन्तर्गत नै रहेर गरिएको बताएका छन् ।

उनले ५३३ नेपालीलाई सुरक्षित रूपमा युक्रेनबाट अन्य देशमा पठाइएको जानकारी दिँदै आफ्ना नागरिकको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताए । उनले शान्तिपूर्ण सहअस्तित्वको विषय पनि असंग्लन अन्तर्गत पर्ने धारणा राखे । त्यस्तै उनले चीनसँग उत्तरी नाकामा देखिएको समस्या समाधानका लागि नेपाल सरकारले चिनियाँ पक्षलाई आग्रह गरेको जानकारी दिए ।

खड्काले सुमधुर सम्बन्ध रहेका चीन र नेपालले सबै विषयलाई संवाद र समन्वयको माध्यमबाट अघि बढ्ने प्रयास गरेको बताए । पत्रकार सम्मेलनमा उनले अफगानिस्तानको मानवीय सङ्कटमा सहयोग पुर्याउनका लागि नेपालले सक्रियता देखाएको र त्यसले मानवीय सेवामा ठूलो सन्देश गएको दावी गरे ।

मन्त्री खड्काले छिट्टै नै नेपालमा विदेशी मुलुकबाट उच्चस्तरीय भ्रमण हुन लागेको पनि जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =