धुम्बाराहीमा केएमसीको स्वास्थ्य शिविर, एक हजारबढीको निःशुल्क उपचार

काठमाडौँ । काठमाडौँ महानगरपालिका-४ स्थित धुम्बाराही पिपलबोटमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज, गुड अटो मोबाइल, लायन्स क्लब अफ काठमाडौँ युनाइटेड फ्रेन्डस् र लियो क्लब अफ काठमाडौँ युनाइटेड फ्रेन्डस्को सहकार्यमा एक दिने निःशुल्क शिविर सञ्चालन गरिएको हो ।

महेन्द्र अटो मोबाइलको प्राङ्गणमा सञ्चालन भएको शिविरमा १०१३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २२१ जनाको रक्त परीक्षण, १८९ जनाको भिडियो एक्स-रे र १५६ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यस्तै २२ जनाको दाँत निकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

केएमसीले बिहीबार काभ्रेको पनौतीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर १११३ जना बिरामीको उपचार गरेको थियो । डा.सुनिल शर्माको प्रवेशसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको केएमसीले विभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीहरूको निःशुल्क उपचार गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 4 =