किसानको जीवन सुधार नभएसम्म अर्थतन्त्रको सुधार हुँदैन : कृषिमन्त्री

काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले किसानको जीवनमा सुधार नभएसम्म देशको अर्थतन्त्रको सुधार हुन नसक्ने बताएका छन् ।

युर्टन इन्टरनेशन प्रालिको दाश्रो स्थापना दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री यादवले ६५ प्रतिशत किसानहरूलाई अझैपनि जिविकोपार्जनका लािग समस्या भएको भन्दै किसानको जीवनमा सुधार नभएसम्म देशको अर्थतन्त्रको सुधार हुन नसक्ने बताउनुभएको हो ।

उनले कृषिमा दुई दशमलव ७ प्रतिशत मात्रै बजेट छट्टाइएको भन्दै यसले कृषि क्षेत्रको विकास गर्न कठिन भएको धारणा राख्नुभयो । किसानलाई आत्मनिर्भर बनाउनका लागि यस क्षेत्रको बजेट बढाउनुपर्ने उनको भनाई छ । त्यस्तै उनले देशको आवश्यकतालाई धान्न खण्डीकृत कृषि नभई सामूहिक कृषि गर्नुपर्नेमा जोड दिँदै यसका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई रु ५० हजार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =