कर्णालीका आर्थिक मन्त्रीकाे सम्पत्ति- वीरेन्द्रनगरमा २० लाखको घडेरी, १३ लाख ऋण

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमाको वेबसाइड राखिएको मन्त्री विष्टको सम्पत्ति विवरण सार्वजनिक भएको हो ।

सुर्खेत बराहताल गाउँपालिका–१ श्रीचौरका मन्त्री विष्टको वीरेन्द्रनगर–९ लाटिकोइलीमा पूर्जा दलार्मी (विष्ट)को नाममा कित्ता नम्बर ३१५० रहेको २० लाख बराबरको जग्गा रहेको र उक्त जग्गा पुख्यौँली सम्पत्ति र ऋण गरेर प्राप्त गरेको जनाएका छन् ।

यस्तै, सुर्खेतको वीरेन्द्रनगर पूजा दलार्मी (विष्ट)को नाममा वीरेन्द्रनगर–३ मा रहेको कित्ता नं. १८६१ / ०–०–८.२५ क्षेत्रफलमा रहेको जग्गा जन्मघरबाट प्राप्त गरेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

मन्त्री विष्ठको चल सम्पत्ति विवरणमा विभिन्न समयमा एक लाख ५० हजारमा आफ्नै पारिश्रमीकबाट खरिद गरेको पाँच तोला सुन रहेको छ ।

यस्तै, मन्त्री विष्टको हाल सम्मको बचत भने ७५ हजार मात्रै रहेको छ । एनआईसी बैंकमा मन्त्री विष्टको नाममा रहेको खातामा ३५ हजार र पूर्जा दलार्मी (विष्ट)को नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक काठमाडाैँमा खातामा ५० हजार पारिश्रमिकबाट जम्मा रहेको विवरणमा उल्लेख गरेका छन् ।

यस्तै मन्त्री विष्टको नाममा २ लाख ६० हजार बराबरको मोटरसाइकल रहेको छ भने पूजा दर्लामी (विष्ट)को नाममा १३ लाख ऋण रहेको विवरणमा उल्लेख गरिएको छ ।

विष्ट गत मंसिर १४ गते आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *