नेपालले कीर्तिपुरमा एकदिवसीय र त्रि-देशीय टी-ट्वेन्टी सिरिज खेल्ने

काठमाडौँ । नेपालले घरेलु मैदानमा यसै महिना एकदिवसीय र टी-ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने भएको छ ।

युएईमा हुने आईसीसी विश्वकप लिग अन्तर्गतको त्रिकोणात्मक सिरिज पछि नेपालले काठमाडौंमा पपुवा न्यूगिनी (पीएनजी) सँग २ वटा एकदिवसीय अन्तर्राष्ट्रिय तथा पीएनजी र मलेशियासँग टी ट्वेन्टी सिरिज खेल्ने भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपालले सुरुमा अर्थात मार्च २५ र २६ मा पीएनजीसँग दुईवटा एक दिवसीय खेल खेल्ने छ । मार्च २८ देखि अप्रिल ४ सम्म पीएनजी र मलेसियासँगको त्रिकोणात्मक टी २० खेल्ने क्यानले जनाएको छ । नेपाली टिम डिभिजन टूको तयारीका लागि अहिले श्रीलंकामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *