आईसीसी महिला विश्वकप: पाकिस्तानलाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौँ । भारतले आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । न्युजिल्यान्डमा आइतबार भएको आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानलाई १०७ रनले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

२४५ रनको लक्ष्य पाएको पाकिस्तान ४३ ओभरमा १ सय ३७ रनमा नै समेटियो । पाकिस्तानका लागि सिद्र अमिनले बनाएको ३० रन सर्वाधिक रह्यो । डियना वेगले २४ र फातिमा सानाले १७ रनको योगदान गरे ।

भारतका लागि राजेश्वरी गायकवाडले सर्वाधिक ४ विकेट लिँदा झुलन गोस्वामी र स्नेह रानाले दुई-दुई विकेट लिए । मेघना सिंह र दिप्ती शर्माको एक-एक विकेट रह्यो ।

टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर २४४ रन बनाएको थियो ।

१ सय १२ रन बनाउँदा ६ विकेट गुमाएको भारतलाई स्नेह राना र पुजा भास्ट्रकारले सातौं विकेटका लागि १ सय १४ रनको साझेदारी गर्दै ठुलो योगफलतर्फ डोहोर्‍याएका थिए । राना ५३ रनमा अविजित रहँदा पुजा ६७ रनमा आउट भइन् ।

त्यसअघि स्मृति मन्धनाले ५२ रनको योगदान दिएकी थिइन । त्यस्तै दिप्ती शर्माले ४० रन जोडिन् । पाकिस्तानका लागि नसरा सन्धु र निदा दारले दुई-दुई विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *