कांग्रेस जिल्ला अधिवेशन : संस्थापनभन्दा शेखर पक्ष अगाडि (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन भइरहेका १६ जिल्लामध्ये ८ जिल्लाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार संस्थापन पक्षलाई पछि पार्दै डा. शेखर कोइराला पक्षले अग्रता लिएको छ ।
कोइराला पक्षका ४ जना जिल्ला सभापति विजयी भएका छन् भने देउवा पक्षका ३ जना विजयी भए । कोइराला पक्षले समर्थन गरेका अर्का एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । कोइराला पक्षबाट चितवन, सिन्धुली, बाँके र नवलपुरका जिल्ला सभापति विजयी भएका हुन् । चितवनमा राजेश्वर खनाल विजयी भए भने सिन्धुलीमा उपेन्द्र पोख्रेल, बाँकेमा नारायण गौडेल र नवलपुरमा महेन्द्रध्वज जिसी विजयी भए ।
पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट कैलालीमा नारायणदत्त भट्ट, मकवानपुरमा बुद्ध लामा र पर्सामा जनार्दनसिंह क्षेत्री विजयी भएका छन् । शेखर कोइराला पक्षले समर्थन गरेको स्वतन्त्र उम्मेदवार नागेश्वर यादव महोत्तरी कांग्रेसको जिल्ला सभापति निर्वाचित भएका छन् । बाँकी ८ जिल्लामध्ये केही जिल्लामा मतदान भइरहेको छ ।
सूचीः
क. शेखर कोइराला पक्ष
१. चितवन- राजेश्वर खनाल
२. सिन्धुली- उपेन्द्र पोख्रेल
३. बाँके- नारायण गौडेल
४. नवलपुर- महेन्द्रध्वज जीसी
ख. शेरबहादुर देउवा पक्ष
१. कैलाली- नारायणदत्त भट्ट
२. मकवानपुर- बुद्ध लामा
३. पर्सा- जनार्दनसिंह क्षेत्री
ग. शेखर कोइराला पक्षले समर्थन गरेका स्वतन्त्र उमेदवार
१. महोत्तरी- नागेश्वर यादव








