प्रशासन र पीडितपक्षकाे सहमतिपछि रोकियो आन्दोलन

प्रहरी शेरसिंह धामी विरुद्ध आफन्तले जाहेरी दिने

सुर्खेत । कालिकोटका मृतक कृष्ण हमाल (मिनी) को आफन्त र प्रशासनबीच सहमति भएको छ ।

प्रहरीको कुटाइबाट हमालको मृत्यु भएको भन्दै आफन्तले शनिवार दिउँसो ३ बजदेखि गरेको आन्दोलन कार्यक्रम स्थगित गरेका छन् ।

आइतवार जिल्ला प्रशानस कार्यालय सुर्खेत र हमालका आफन्तबीच भएको मौखिक सहमिपछि मृतकका आफन्तले आन्दोलन नगर्ने भएका हुन् ।

प्रजिअ खगेन्द्र रिजालका अनुसार शनिवार बनाइएको चार जनाको छानबिन समितिमा प्रदेश अस्पतालका कार्यरत एक जना चिकित्सकलाई सदस्यका रूपमा थप गर्ने आफन्त र प्रशासनबीच सहमति भएको हो ।

यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीमगर, अनुसन्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएन सुर्खेत अध्यक्ष उत्तमप्रसाद आचार्य सदस्य रहेको छानबिन समिति गठन गरिएको थियो ।

उक्त, समितिले ३ दिनभित्र छानबिन गरेर प्रतिवेदन प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्नुपर्नेलाई समय बढाएर एकहप्ता पु¥याइएको प्रशासनले जनाएको छ ।

यस्तै, कालिकोटबाट मृतक हमालका आफन्त सहित आमा पद्मा हमाल सहितको टोली वीरेन्द्रनगर पुगेर प्रशासनसँग सहमति गरेका हुन् । मृतक हमालकी आमा पद्मा हमालले पिडकलाई कानुबमोजिम कारबाहीको व्यवस्था गर्ने, पीडितलाई उचित राहतसँगै न्यायाको लागि पहल गर्ने सहमति भएको बताइन् । उनले भनिन्, ‘यदी समितिले सहि हिसावले छानबिन नगरि प्रमाण लुकाउँन खोजियो र न्यायामा धोका भयो भने हामी आन्दोलनका कार्याक्रम घोषणा गर्न तयार छौँ ।’

शुक्रवार राति नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका कालीकोटको तिलागुफा नगरपालिका–३ का कृष्ण हमाललाई प्रहरीले नियन्त्रणमा राखेको भोलिपल्ट मृत्यु भएको थियो । हमालले भे १ क ९२२ नम्बरको ट्रकमा आएका थिए । उक्त ट्रकसहित हमाल र सह–चलक तिलक शाहीलाई पनि प्रहरीले सुब्बाकुनामै नियन्त्रण लिएर राखेको थियो ।

सह–चालक र हमाललाई प्रहरीले मादकपदार्थ सेवन गरेको भन्दै कुटपिट गरेको आफन्तले आरोप लगाउँदै आएका छन् ।

प्रहरी शेरसिंह धामी विरुद्ध आफन्तले किटानी जाहेरी दिने

यस्तै, हमालको मृत्यु पछि आफन्तले प्रहरी इन्चार्ज (सई) शेरसिंह धामी विरुद्ध किटानी जाहेरी दिने तयारी थालेका छन् ।

मृतकका आफन्तका अनुसार प्रहरीको लापरवाहीले मृत्यु भएको भन्दै धामी विरुद्ध किटानी जाहेरी दिने भएका हुन् । शुक्रबार साँझ वरिेन्द्रनगरको सुब्बाकुनामा हमाल सवार ट्रकलाई नियन्त्रणमा लिएर हमाललाई कुटपिट गरेर मृत्यु भएको भन्दै किटानी जाहेरी दिन लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *