माओवादी बैठक भाेलिसम्मका लागि सर्‍याे, नेताहरू आन्तरिक छलफलमा

काठमाडाैँ । माओवादी केन्द्रीय समिति बैठक पुन: सरेकाे छ । यसअघि बिहान ११ बजेबाट दिउँसाे २ बजेका लागि सरेकाे बैठक पुन: भाेलिका लागि सरेकाे हाे । बैठक बत्तीसपुतलीस्थित अनुपम फूडल्यान्डमा बस्ने छ ।

संसद् बैठक आजै परेकाे र आन्तरिक सरसल्लाह नपुगेकाे भन्दै बैठक सार्नुपरेकाे केन्द्रीय सदस्य अन्जना विशङ्खेले बताइन् । ‘बैठक सरेकाे हाे,’ उनले भनिन्, ‘संसद् बैठक पनि आजै पर्‍याे, हाम्राे पार्टीकाे बैठकका लागि पर्याप्त सल्लाह हुन पाएन । यसैले बैठक सारिएकाे जानकारी छ ।’

शीर्ष नेताहरूबीच भने छलफल भइरहेकाे छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निवास खुमलटारमा पूर्वपदाधिकारी बैठक बसिरहेकाे छ । बैठकले पदाधिकारी टुङ्ग्याउनेलगायतका विषयमा छलफल गरिरहेकाे छ । याे बैठकले केन्द्रीय पदाधिकारी टुङ्ग्याउँदै छ । जसका लागि सहमित जुटाउने प्रयास भइरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =