११ बजेका लागि बाेलाइएकाे माओवादी केन्द्रीय कमिटीकाे बैठक सर्‍याे

काठमाडौँ । ११ बजेका लागि बाेलाइएकाे नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सरेको छ ।

आइतबार बिहान ११ बजेका लागि बाेलाइएकाे केन्द्रकाे बैठक दिउँसो २ बजेका लागि सरेकाे हाे । बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्नेछ । पहिलो दिनको बैठक राष्ट्रिय सभागृहमा बसेको थियो।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले समसायिक राजनीतिका विषयमा शुक्रबार बोलेका थिए । बैठकले माओवादी केन्द्रको केन्द्रीय समितिलाई पूर्णता दिने र पदाधिकारी चयन गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + seven =