हमाल मृत्यु प्रकरण : सुर्खेतमा यातायातका साधनसँगै बजार बन्द

सुर्खेत । सुर्खेतमा कालिकोटका व्यापारी कृष्ण हमाल (मिनी)को शंकास्पद मृत्यु भएको विषयलाई लियर आइतवार यातायातका साधन बन्द गरिएको छ ।

मृतकका आफन्तहरूले यातायातका साधनसहित बजार बन्द गरेर सहयोग गरिदिन भन्दै माईकिङ् गरिरहेका हुन् । काँक्रेविहार यातायात प्रा।लिका अध्यक्ष रमेश सापकोटाले प्रदेश राजधानी वीरेन्द्रनगरदेखि छुट्ने सम्पुर्ण यातायातका साधन बन्द भएको जानकारी दिए ।

यस्तै, सापकोटाले बसपार्क टिकट काउन्टर कोठाका सबै ढोका र यात्रु सवार सवारी आवत–जावत गर्ने मुल गेटनै समेत बन्द गरिएको बताए ।
‘आन्दोलनका नाममा सर्वसाधारण नागरिकलाई दुःख दिनु उपयुक्त होइन्’, सापकोटाले भने ।

यातायातका साधन बन्द भएसँगै यात्रुहरू अलपत्र परेका छन् । नेपालगञ्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर आउँदा गरेका हमालको प्रहरीको निर्घात कुटाईबाट मृत्यु भएको आफन्तको आरोप छ ।

यद्यपि सुर्खेत प्रशासनले भने घटनाको छानबिनका छानबिन समिति गठन गरेको छ ।

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीमगर, अनुसन्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएन सुर्खेत अध्यक्ष उत्तमप्रसाद आचार्य सदस्य रहेको छानबिन समिति गठन गरिएको छ ।

उक्त, समितिले ३ दिनभित्र छानविन गरेर प्रतिवेदन प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्नुपर्ने जनाईएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *