थापा भन्छन्- नेपाल शक्ति राष्ट्रहरूकाे चलखेलको केन्द्र बन्ने खतरा बढ्यो (भिडिओसहित)

काठमाडाैँ । राप्रपा, नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्वका शक्ति राष्ट्रहरूकाे चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका छन् । एमसीसी पारित गर्ने बेलामा शक्ति राष्ट्रहरूकाे दबाब नेपालका नेताहरूलाई परेकाे उल्लेख गर्दै उनले भने— ‘यसैगरी हाे भने नेपालमा शक्ति राष्ट्रहरूकाे चलखेल झनै बढ्ने भयाे । चलखेलकाे अखडा बन्ने खतरा बढ्याे ।’
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, नेपालको शनिवार काठमाडाैँमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले एससीसी छिटो पास गर भनेर अमेरिकाले दबाब दिएको र चीनले रोक्नका लागि प्रयास गरेको भन्दै त्यसले नेपाल डरलाग्दो गरी शक्ति राष्ट्रहरूकाे चलखेलको केन्द्र बन्न सक्ने देखिएको बताए । विदेशी शक्ति राष्ट्रहरूले नेपालको स्वतन्त्र अस्तित्वमाथिनै प्रश्न उठनेगरी राजनीतिक दलहरूका नेताहरूलाई दबाब दिइरहेकाे दाबीसमेत गरेका छन् ।
नेपाल विदेशी शक्तिहरूको प्रतिस्पर्धा गर्ने रणनीतिक स्थल बन्दै गएको छ: कमल थापा pic.twitter.com/N4QFW699MV
— Makalu Khabar (@makalukhabar) March 5, 2022








