माधवकुमार नेपालले घृणित दक्षिणपन्थी अवसरवादको अगुवाइ गरे : पाेखरेल [भिडिओसहित]

काठमाडाैँ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दक्षिणपन्थी अवसरवादकाे अगुवाइ गरेकाे आराेप लगाएका छन् । शनिवार ओखलढुंगा-काठमाडाैँ सम्पर्कमञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्ताे आराेप लगाएका हुन् । ‘ओलीले कमजोरी गरे भन्ने नाममा हाम्रो प्रमुख प्रतिद्वन्द्वी, बोलिचालीको भाषामा प्रमुख शत्रु नेपाली कांग्रेसको नेतालाई प्रधान मन्त्री बनाउने आफ्नो पार्टीको नेतालाई प्रधान मन्त्रीबाट हटाउने आपराधिक कामको अगुवाइ गर्ने काममा मुख्य भूमिका माधव नेपाल खेल्नुभयो,’ वरिष्ठ उपाध्य पाेखरेलले भनेका छन् ।

संविधानकाे रक्षा गर्ने नाममा माधव नेपालले त्यस्ताे काम गरेकाे पाेखरेलकाे भनाइ छ ।

व्याख्यात्मक घाेषणालाई लाज छाेप्ने टालेकाे संज्ञा दिएका पाेखरेलले थपेका छन्— ‘लाज छाेप्ने काम मात्रै गरेका छन् ।संविधानकाे रक्षा गर्ने नाममा यस्ताे काम भयाे । याे बकबास हाे । याे नक्कली कुरा हाे । अन्तर्राष्ट्रिय ठग काम हाे ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − four =