उत्तेजनापूर्वक भाषण गरेर मात्रै समाज परिवर्तन हुँदैन : कार्की

काठमाडाैँ । सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले उत्तेजनापूर्वक भाषणले मात्रै समाज नबदल्ने बताएका छन् । नेपाली कांग्रेसनिकट नेपाल कर्मचारी यूनियनको अधिवेशनलाई सम्बाेधन गर्दै नेता कार्कीले यस्ताे बताएका हुन् । ‘उत्तेजनापूर्वक भाषण गरेर मात्रै समाज बदलिँदैन,’ कार्कीले भने, ‘हामी इमान्दारीपूर्वक अघि बढ्याैँ भने मात्रै बीपीले देखेकाे समाजसम्म हामी पुग्न सक्छाैँ ।’

कर्मचारी वृत्त स्थायी सरकार भएकाे र यसकाे सुदृढिकरणका लागि सरकार लागिरहेकाे नेता कार्कीकाे भनाइ थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + one =