कांग्रेस लाेकप्रियता हाेइन, लाेकहित चाहन्छ : महामन्त्री शर्मा

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई लाेकप्रियता नचाहिने बताएका छन् । नेपाल निजामती कर्मचारी यूनियन केन्द्रीय कार्यसमितिकाे ८‍औं महाधिवेशनलाई सम्बाेधन गर्दै महामन्त्री शर्माले भने— ‘कांग्रेस लाेकप्रियता हाेइन, लाेकहित चाहन्छ । बानेश्वर चाेकमा नारा लगाउँदै गर्ने एकजना युवालाई कांग्रेसले एक भाेटकाे रूपमा मात्रै हेर्दैन, उसकाे भविष्य पनि हेर्छ । कम्युनिष्ट पार्टीहरूकाे ताल त हामीले देख्याैँ ।’

कांग्रेससँग कम्युनिष्टकाे जस्ताे ५० वर्ष शासन गर्ने साेच नरहेकाे तर, ५ वर्ष भने जनताकाे हितमा तल्लीन रहने हुति भएकाे महामन्त्री शर्माले भने, ‘कमरेड ओलीले जित्दै गर्दा अब ५० वर्ष कांग्रेस आउँदैन भन्नुहुन्थ्याे, प्रचण्ड बीसाैँ वर्ष हामी फर्कँदैनाैँ भन्नुहुन्थ्याे । हामी त्यसाे पनि भन्दैनाैँ, जनताले दिएकाे म्यान्डेटअनुसार ५ वर्ष भने जनता, देश र संविधानकाे पक्षमा उभिन्छाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nineteen =