नेम्वाङ्गकाे दाबी- ‘मेची-महाकाली एमालेसँगै छ’

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले मेचीदेखि महाकालीसम्मका जनता एमालेसँगै रहेकाे दाबी गरेका छन् । शुक्रबार प्रेस चाैतारी नेपाल, बागमती प्रदेश समितिकाे महाधिवेशनलाई सम्बाेधन गर्दै नेम्वाङ्गले यस्ताे बताएका हुन् । ‘नेपाली जनताहरू एमालेसँगै छ,’ उनले भने, ‘मेचीदेखि महाकालीसम्मका जनताहरू एमालेकै पक्षमा छन् । पछिल्लाे समय हेर्नुभयाे भने एमालेमा प्रवेश गर्नेहरूकाे सङ्ख्या ठूलाे छ ।’

यसपछि एमालेविरुद्ध देशैभरीबाट घेराबन्दी भइरहेकाे नेम्वाङ्गकाे भनाइ छ । ‘यसपछि एमालेविरुद्ध घेराबन्दी शुरू भएकाे छ । फेरि त्याे देशैभरीबाट गरिएकाे छ । एमालेलाई लडाउन ठूलाे शक्ति परिचालन गरिएकाे छ । तर एमाले झुक्दैन ।’

उनले फरक प्रसङ्गमा नेपालमा हरेक राजनीतिक परिवर्तनहरूमा सञ्चारमाध्यमकाे ठूलाे भूमिका रहेकाे बताए । सञ्चारमाध्यमहरू सशक्त भए भने समाजका धेरै विषयहरू आफैँ सुध्रिने नेम्वाङ्गकाे भनाइ थियाे । ‘लाेकतान्त्रिक विधि र पद्धतिमा सञ्चारमाध्यमकाे अझ ठूलाे भूमिका रहन्छ,’ उनले भने, ‘पत्रकारितामा यहाँहरू प्रयास सधैँ सकारात्मक छ र रहिरहाेस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 13 =