राष्ट्रिय सभाबाट बिदा भए यी २० सदस्य (सूचीसहित)

काठमाडौँ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यको शपथ आज हुने भएको छ । संघीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका १९ सदस्यको शपथ बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा हुने भएको हो ।

शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम राखिएको संघीय संसद् सचिवालयले जनाएको छ । चार वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाका २० सदस्य शुक्रबार बिदा भएका छन् । उनीहरूलाई शुक्रबार साँझ एक कार्यक्रम गरी बिदाइ गरिएको छ ।

नवनिर्वाचित १९ सदस्य
प्रदेश १ : जयन्तीदेवी राई, सोनामगेल्जेन शेर्पा, गोपाल बस्नेत
मधेस : उर्मिला अर्याल, मोहम्मद खालिद
बागमती : गोमादेवी तिमल्सिना, कृष्णप्रसाद पौडेल
गण्डकी : कमला पन्त, भुवनबहादुर सुनार, सुरेशकुमार आलेमगर
लुम्बिनी : राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा
कर्णाली : दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा
सुदूरपश्चिम : मदनकुमारी शाह, जगतबहादुर पार्की, नारायणदत्त मिश्र

को-को भए बिदा
कार्यकाल पूरा हुनेमा दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारी र विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङ छन् ।

सबैभन्दा बढी एमालेका सदस्य बिदा भएका छन् । जसमा अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनाकला ओझा, पर्शुराम मेघी गुरुङ, राम लखन चमार, सुमनराज प्याकुरेल रहेका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवर तथा नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा, शशीकला दाहालको पनि पदावधि सकिएको हो ।

यस्तै नेपाली कांग्रेसबाट दृगनारायण पाण्डेय, तारादेवी भट्ट र राधेश्याम अधिकारी पनि राष्ट्रिय सभाबाट बिदा भए । त्यस्तै मनोनीततर्फ माओवादी केन्द्रका रामनारायण बिडारी पनि बिदा भएका छन् ।

राष्ट्रिय सभाको १९ सिटका लागि गएको माघ १२ गते चुनाव भएको थियो । यसअघि दुई वर्ष पदावधिको चिट्ठा परेका १९ जना सांसद २०७६ मा बिदा भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *