राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज

काठमाडौँ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यको शपथ आज हुने भएको छ । संघीय संसद‍् सचिवालयका अनुसार राष्ट्रियसभाका १९ सदस्यको सपथ बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा हुने भएको हो ।

शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम राखिएको संघीय संसद् सचिवालयले जनाएको छ । चार वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाका २० सांसद शुक्रबार बिदा भएका छन् । उनीहरुलाई शुक्रबार साँझ एक कार्यक्रम गरी बिदाई गरिएको छ ।

नवनिर्वाचित १९ सांसद
प्रदेश १ : जयन्तीदेवी राई, सोनामगेल्जेन शेर्पा, गोपाल बस्नेत
मधेस : उर्मिला अर्याल, मोहम्मद खालिद
बागमती : गोमादेवी तिमल्सिना, कृष्णप्रसाद पौडेल
गण्डकी : कमला पन्त, भुवनबहादुर सुनार, सुरेशकुमार आलेमगर
लुम्बिनी : राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा
कर्णाली : दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा
सुदूरपश्चिम : मदनकुमारी शाह, जगतबहादुर पार्की, नारायणदत्त मिश्र

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *