नारी दिवसका अवसरमा सम्मान र सचेतना कार्यक्रम

काठमाडौँ । त्रिचन्द्र महिला प्राध्यापक तथा कर्मचारी सञ्जाल त्रिचन्द्र क्याम्पसले नारी दिवसका अवसरमा सम्मान तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । सञ्जालले शुक्रबार ११२औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजना गरेको ‘अर्बुद रोग विषयक जनचेतनासम्बन्धी अन्तरक्रिया र सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा त्रिचन्द्र क्याम्पसका अवकाश प्राप्त महिला प्राध्यापक तथा कर्मचारीलाई सम्मान गरिएको थियो भने नेपाल क्यान्सर अस्पतालमा कार्यरत का डा. अनु बज्राचार्यले पाठेघरको मुखको क्यान्सरसम्बन्धी सावधानी र उपचारबारे जानकारी दिएकी थिएन । साथै सो अवसरमा बोल्दै सञ्जालकी उपाध्यक्ष सुस्मिता गौतमले पूर्वाग्रहरहित सहभागिता आजको आवश्यकता रहेको बताइन् ।

कार्यक्रम सञ्जालका अध्यक्ष जगजित कौरको सभापतित्वमा सम्पन्न भएको थियो । सञ्जाल महिला प्राध्यापक तथा कर्मचारीको समग्र प्राज्ञिक उन्नयन, क्रियाशील सिर्जनात्मक सहकार्यको उद्देश्यका सात गठन गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *