विश्वविख्यात बलर सेन वार्नको निधन

काठमाडौँ । अष्ट्रेलियाका महान् लेग स्पिनर सेन वार्नको निधन भएको छ। ५२ वर्षीय वार्नको हृदयाघातका कारण थाइल्यान्डमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

उनी अस्ट्रेलियाका लागि सर्वाधिक विकेट लिने खेलाडी समेत हुन्। विश्वकै सर्वाधिक सफल लेगस्पिनर मानिने वार्नले अष्ट्रेलियाबाट १ सय ४५ टेस्ट र १ सय ९४ ओडिआई खेल खेलेका थिए।

उनले टेस्टमा ७ सय ८ विकेट र ओडिआईमा २ सय ९३ विकेट लिएका थिए। वार्नले सन् १९९२ मा भारतविरुद्ध टेस्ट क्रिकेटमा सिड्नीमा डेब्यू गरेका थिए।

२००७ मा सिड्नीमै इंग्ल्यान्डविरुद्ध अन्तिम टेस्ट खेल खेलेका उनले एक दिवसीयमा सन् १९९३ मा न्युजिल्यान्डविरुद्ध डेब्यू गर्दा अन्तिम खेल मेलबर्नमा एसिया ११ विरुद्ध २००५ म खेलेका थिए।  यसै बिच नेपाल क्रिकेट संघ क्यानले वार्नको निधनप्रति दुख व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *