विश्वकप क्रिकेट लिग टू खेल्ने नेपाली टिमको बिदाइ

काठमाडौँ । युएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्ने नेपाली राष्ट्रिय टिमको विदाइ गरिएको छ । शुक्रबार खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली टिमलाई बिदाई गरे ।

नेपाली टिम श्रीलंकामा चारवटा अभ्यास खेल खेलेर उतैबाट १४ मार्चमा युएई जाने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपालले लिग टू मा घरेलु टिम यूएई र पपुवा न्यू गिनीसँग त्रिकोणात्मक सिरिज खेल्ने छ । नेपालले अहिलेसम्म आठ मध्ये चार खेलमा जित र चार खेलमा हार ब्यहोरेको छ ।

क्यानले हिजो प्रतियोगिता खेल्ने १६ जना खेलाडी समेट्दै राष्ट्रिय टिम घोषणा गरेको थियो ।

बिदाई कार्यक्रममा मन्त्री गहतराजले खेलकुदको विकासका लागि सरकार गम्भीर भएर लागिरहेको दाबी गरे ।

क्रिकेटका कप्तान सन्दीप लामिछानेले टिमले राम्रो तयारी गरेको र कमी र कमजोरी सुधार्दै उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *