संसदीय समितिका कार्यकाल पूरा गर्ने सांसदकाे बिदाइ

काठमाडाैँ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको शुक्रबारको बैठकमा शुक्रबारदेखि नै चार वर्षे कार्यकाल पूरा गर्न लागेका सांसदलाई बिदाई गरिएको छ ।
समितिका सभापति रामनारायण बिँडारी, सांसदहरू तारादेवी भट्ट, सांसदहरू दीनानाथ शर्मा, कविता बोगटी र चक्रप्रसाद स्नेहीलाई बिदाइसमेत गरिएको हो ।
बिदाइ कार्यक्रममा सांसद गङ्गाकुमारी बेल्वासे, स्नेही, नन्दा चापागाइँ, बिमला घिमिरे, शारदादेवी भट्ट, महेशकुमार महरा र बोगटीले चार वर्षे कार्यकालमा समितिले दिएका धेरै निर्देशन सरकारले कार्यान्वयन नगरेको, कोभिडका कारण समितिको वार्षिक कार्ययोजना पूरा हुन नसकेको विषयमा सरोकार भएका निकायको ध्यानाकर्षण गराएका थिए ।
बैठकमा सभापति भट्टले समिति सचिवालयले दिएका निर्देशन कार्यान्वयन भए/नभएको नियमितरूपमा पछ्याउने विश्वास व्यक्त गरे ।
सभापति कार्यकालको अन्तिम बैठकमा उनले चार वर्षसम्म कार्यसम्पादनमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए ।









