कोहलीले पूरा गरे ८ हजार टेस्ट रन

काठमाडौँ । भारतका पूर्व कप्तान विराट कोहलीले आफ्नो एकसयौँ टेस्ट खेल पुरा गरेका छन् । यही खेलबाट उनले आफ्नो टेस्ट करिअरको ८ हजार रन पनि पूरा गरेका छन् । श्रीलंकासँगको शृंखलाको पहिलो टेस्टको पहिलो पालीमा  ३८ रन बनाएसँगै कोहलीले यो उपलब्धि हासिल गरेका हुन् ।

कोहली ८ हजार रन पुरा गर्ने छैटौं भारतीय खेलाडी  पनि बनेका छन् । उनीअघि सुनील गावस्कर, सचिन तेन्दुलकर, राहुल द्रविड, भीभीएस लक्ष्यमण र विरेन्द्र सहवागले यो उपलब्धि हासिल गरेका थिए ।

आफ्नो १ सयौँ टेस्टमा ‌कोहलीले शतक बनाउन भन्ने समर्थकको आशा रहेपनि उनी ४५ रनमा बोल्ड हुन पुगे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *