बाँके कांग्रेस सभापतिमा कोइराला पक्षका गौडेल विजयी

काठमाडाैँ । नेपाली कांग्रेस बाँकेको सभापतिमा शेरख काेइराला पक्षका नारायण प्रसाद गौडेल निर्वाचित भएका छन् ।

शुक्रबार भएको दोस्रो चरणको निर्वाचनबाट गौडेल सभापतिमा निर्वाचित भएका हुन् । गौडेलले सभापति शेरबहादुर देउवा समूहका बादशाह कुर्मीलाई पराजित गर्दै विजयी भएका हुन् ।

सभापतिमा निर्वाचित गौडेलले ७ सय ६० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बादशाह कुर्मीले ६६३ मत पाए । सभापतिमा निर्वाचित गौडेल नेता शेखर कोइराला पक्षधर हुन् ।

दोस्रो चरणको निर्वाचनमा १४९३ मतमध्ये १ हजार ४ सय ३९ मत खसेको थियो । पहिलो चरणको निर्वाचनमा कसैले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि शुक्रबार गौडेल र कुर्मीबीच प्रतिस्पर्धा भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *