राष्ट्रियसभा सदस्यहरूकाे बिदाई

काठमाडाैँ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिमा चार वर्षे कार्यकाल पूरा भएका राष्ट्रिय सभा सदस्यहरूलाई बिदाई गरिएको छ ।

शुक्रबार बसेको बैठकमा चार वर्षे कार्यकाल पूरा गर्न लागेका सभापति तारादेवी भट्ट लगायत समिति सदस्यलाई बिदाई गरिएको हो ।

बैठकमा सांसद कविता बोगटी र चक्रप्रसाद स्नेहीलाई पनि बिदाई गरिएको थियो । समितिको सदस्य रहनुभएका उहाहरुको कार्यकाल शुक्रबारदेखि नै पुरा भएको छ । बैठकमा रमेशजंग रायमाझी संयोजकत्वको उपसमितिले समितिसमक्ष प्रतिवेदन पेश गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − six =