एमसीसी २१औं शताब्दीकाे साम्राज्यवादकाे नयाँ रूप हाे : विप्लव

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले फागुन १५ लाई नेताहरूले ‘कालाे दिन’ काे रूपमा स्थापित गरकाे बताएका छन् । शुक्रबार खुलामञ्चमा आयाेजित संयुक्त विराेध सभालाई सम्बाेधन गर्दै विप्लवले भनेका छन्, ‘नेताहरूले फागुन १५ लाई कालाे दिनकाे रूपमा स्थापित गरेर गए । पुस १ लाई कालाे दिन भनिन्थ्याे, अब फागुन १५ झनै कालाे दिन भयाे नेपालीहरूकाे लागि र नेपालकाे लागि ।’

एमसीसी २१औं शताब्दीकाे साम्राज्यवादकाे रूप भएकाे औंल्याए । ‘एमसीसी खालि अनुदान मात्रै हाेइन,’ विप्लवले भने, ‘याे साम्राज्यवादकाे रूप हाे । २१ औं शताब्दीकाे साम्राज्यवादकाे नयाँ रूप हाे ।’

नेपाली कम्युनिष्टहरूले जनतालाई झुक्याइरहेकाे विप्लवकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =